नेप्सेमा झण्डै ८० अंकको उछाल, सवा १० अर्बको सेयर कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्सेमा मंगलबार उछाल आएको छ । पाँच दिनयता निरन्तर घटेको बजार मंगलबार करिब ८० अंकले बढेको हो । यो वृद्धिसँगै मंगलबार समग्र नेप्से २ हजार ९ सय १३.८४ विन्दुमा उक्लेको छ ।

नेप्सेमा झण्डै ८० अंकको उछाल, सवा १० अर्बको सेयर कारोबार

अघिल्लो दिनको तुलनामा यो २.८० प्रतिशतले बढी हो । सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । यसअघि पाँच दिन लगातार नेप्से घट्दा बजार करिब २ सय (१ सय ९१ अंक)ले तल ओर्लेको थियो । मंगलबार एकै दिन नेप्से ७९.४४ अंकले उकालो लागेको हो ।

मंगलबार करिब १ लाख १२ हजार पटकको कारोबारबाट २ सय २५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेको छ ।

प्रकाशित : असार ८, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?