६३ अंकले घट्यो नेप्से, ११ अर्ब ८१ करोडको कारोबार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

६३ अंकले घट्यो नेप्से, ११ अर्ब ८१ करोडको कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक करिब ६३.२८ अंकले घटेर २ हजार ९ सय ५.१४ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.१३ प्रतिशतले घटेको हो । सो दिन बजार खुलेदेखि नै बजार घट्न थालेको हो । यो क्रम अन्त्यसम्म चलिरहयो । कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

करिब १ लाख २८ हजार ३ सय पटकको कारोबारबाट २ सय ३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । गत बिहीबारको भन्दा नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार भएको हो । गत बिहीबार सेयर बजारमा १० अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरणमा भने कमी आएको छ । जसअनुसार आइतबार कुल बजार पुँजीकरण ४० अर्ब ३६ करोड रुपैयाँ छ । गत बिहीबार यस्तो पुँजीकरण ४१ खर्ब ३९ अर्ब रुपैयाँ थियो ।

नेप्सेको वर्गिरणका क वर्गमा रहेका कम्पनीहरुको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आइतबार २.३३ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीहरुको सेयर कारोबार मापक फ्लोट परिसूचक २.१८ प्रतिशतले घटे ।

प्रकाशित : असार ६, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्

दलितलाई कोठा नदिएकाे आराेपमा घरबेटी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — दलित भएको भन्दै कोठा भाडामा दिन नमान्ने काठमाडौंकी एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार काठमाडौंको बबहरमहलबाट घरबेटी सरस्वती प्रधानलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

दलित भएको भन्दै आफूलाई प्रधानले कोठा भाडामा नदिएको भन्ने रूपा सुनारको उजुरीपश्चात् प्रधानलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको एसएसपी सिंहले बताए ।

रूपाले केही दिनअघि मात्रै सामाजिक सञ्जालमार्फत जातकै आधारमा आफूमाथि भेदभाव भएको विषय सार्वजनिक गरेकी थिइन् ।


प्रकाशित : असार ६, २०७८ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×