कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उदयपुर सिमेन्ट उद्योगले साधारण सेयर निष्कासन गर्ने

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुर सिमेन्ट उद्योग लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ ।

उद्योगको आइतबार सम्पन्न साधरण सभाले साधारण सेयर निष्कासन गर्ने निर्णय गरेको हो । साधरण सभाले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ समेत गरी ३ अर्ब ३८ करोड ५९लाख २० हजार २ सय बराबरको सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने उद्योगका अध्यक्ष बलराम रिजालले राखेको विशेष प्रस्ताव सभाले पारित गरेको हो । उद्योगले साधारण सेयर निष्कासन गरी नेपाल सरकारलाई तिर्नुपर्ने साँवा ब्याज रकम राफसाफ गर्ने योजना छ ।

त्यसैगरी उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित भएको छ । सम्बन्धित निकायको स्वीकृति लिइ उद्योगको अधिकृत पुँजी ४ अर्बबाट वृद्धि गरी १० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव सभामा पेश गरिएको थियो । यस्तै परिवर्तित सन्दर्भमा प्रचलित कानुन बमोजिम उद्योगको प्रबन्धपत्र नियमावलीमा समय सान्दर्भिक संशोधन गर्ने प्रस्ताव पनि पारित भएको उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानले बताए ।

उद्योगको १४ आर्थिक वर्षयता हुन नसकेको साधारणसभा एकैपटक आइतबार सम्पन्न गरेको हो । कोभिड माहामारी जोखिमका कारण भिडियो कन्फरेन्स (भर्चुअल मिटिङ) मार्फत उद्योग स्थल जलजले उदयपुरमा साधारण सभा गरेको हो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?