कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेप्से ३८ अंकले बढ्यो, १९ अर्ब ५५ करोडको सेयर कारोबार

सेयर बजारमा नयाँ रेकर्ड, आइतबारको नेप्से हालसम्मकै उच्च

काठमाडौँ — अघिल्ला दिनहरुमा जस्तै आइतबार पनि सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३८.३२ अंकले बढेर समग्र नेप्से २ हजार ९ सय ८३.१० विन्दुमा पुगेको छ । गत बिहीबारको तुलनामा यो १.३० प्रतिशतले बढी हो । आइतबारको नेप्से हालसम्मकै उच्च हो ।

नेप्से ३८ अंकले बढ्यो, १९ अर्ब ५५ करोडको सेयर कारोबार

पछिल्ला केही सातायता नेप्सेले हरेक दिन जस्तै नयाँ रेकर्ड बनाउँदै आएको छ । सोही क्रममा आइतबार झण्डै ३ हजार नजिक पुगेको हो ।

गत बिहीबार नेप्से करिब २ अंकले घटेर २ हजार ९ सय ४४.७८ विन्दुमा बन्द भएको थियो । यसअघि यही जेठ २५ मा २ हजार ९ सय ६०.१४ अंकमा थियो ।

आइतबार सेयर बजारमा कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । दिनभरको करिब १ लाख ८२ हजार ४ सय ३० वटा कारोबारबाट २ सय २० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १९ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो पनि एकै दिनमा सेयर कारोबार भएकामध्ये हालसम्मकै उच्च हो ।

यसअघि जेठ २३ मा १७ अर्ब २७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ४० खर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?