नेप्से दोहोरो अंकले घट्यो, झण्डै १७ अर्बको सेयर कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १३.५६ अंकले घटेपछि समग्र नेप्से २ हजार ९ सय ४६.५८ अंकमा बन्द भएको छ । 

नेप्से दोहोरो अंकले घट्यो, झण्डै १७ अर्बको सेयर कारोबार

मंगलबारको तुलनामा नेप्से ०.४६ प्रतिशतले कम हो । बढी रहेको बजारमा लगानीकर्ताले नाफा सुरक्षण गर्न लागेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

नेप्से परिसूचक घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । करिब १ लाख ५५ हजार वटा कारोबारबाट २ सय २१ कम्पनीका ३ करोड १३ लाख ३५ हजार २२ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १६ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ४ करोड रुपैयाँ बढी हो । मंगलबार १६ अर्ब ९५ करोड रुपैयाा बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से परिसूचकसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि केही घटेको छ । बुधबार सेयर बजारमा ४० खर्ब ९० अर्ब रुपैयाँ कूल बजार पुँजीकरण कायम भएको छ । अघिल्लो दिन यो सूचक ४१ खर्ब ९ अर्ब रुपैयाँ थियो । यस्तै, सो दिन सेन्सेटिभ परिसूचक ०.५४ प्रतिशत र फ्लोट परिसूचक ०.५ प्रतिशतले घटेको छ ।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बुधबार सबैभन्दा बढी ३.९८ प्रतिशतले बढेको छ । यसैगरी, वित्त कम्पनी उपसमूहको परिसूचक २.०४, व्यापारिकको १.९२, निर्जीवन बीमाको ०.२६, जीवन बीमाको ०.१५ र सामूहिक लगानी कोष उपसमूहको ०.०३ प्रतिशतले उकालो लागे । तर, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ४.४१ प्रतिशतले घट्यो । सो दिन बैकिङ उपसमूहको परिसूचक ०.५८, होटल्स तथा पर्यटनको ०.०६, जलविद्युतको ०.५३, अन्यको १.३६, लघुवित्तको ०.३४ र लगानी उपसमूहको परिसूचक ०.९८ प्रतिशत परिसूचक घटे ।

प्रकाशित : जेष्ठ २६, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?