वस्तु बजार सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौँ — नेपालमा वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । 

वस्तु बजार सञ्चालनमा ल्याउन निर्देशन

बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा उनले भने, ‘आर्थिक वर्ष २०७८/७९ को बजेटमा पुँजी बजारसम्बन्धी केही महत्त्वपूर्ण दृष्टिकोण अगाडि सारिएका छन् । विशेषगरी वस्तु विनिमय बजारको आरम्भ गर्ने अठोट प्रस्तुत गरिएकाले यसका लागि बोर्डले आवश्यक गृहकार्य गरी समयमै वस्तु विनिमय बजारको आरम्भ गर्न प्रभावकारी कदम चालोस् ।’

पछिल्ला दिनमा पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको, लगानीकर्ताको संख्या तथा लगानीको आकार बढ्दै गएको सन्दर्भलाई सरकारप्रति लगानीकर्ताको विश्वासका अर्थमा बुझेको उनले बताए । पुँजी बजारका क्षेत्रमा कुनै पनि अनियमितता हुन नदिई लगानीका क्षेत्र र दायरा विस्तार गरी मुलुकको आर्थिक वृद्धिमा बोर्डले महत्त्वपूर्ण भूमिका खेल्न पनि उनले नियामक निकायलाई आग्रह गरे ।


प्रकाशित : जेष्ठ २६, २०७८ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?