कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको सेयर कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब ५६ अंकले बढेर २ हजार ८ सय २७.१२ बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा बुधबारको वृद्धि करिब २ प्रतिशतले बढी हो ।

नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको सेयर कारोबार

अघिल्ला दुई दिन घटेको बजारमा बुधबार उच्च वृद्धि भएको हो । सो दिन सुरुमा बजार घटेर १ हजार ७ सय ७१.६२ बिन्दुसम्म झरेको थियो । त्यसपछि उकालो लागेको बजार ५५.७६ अंकले बढेको हो । सो दिन कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । जसअनुसार सामूहिक लगानी कोष उपसमूहको परिसूचक ०.१२ प्रतिशतले घट्यो ।

करिब सवा एक लाख कारोबारबाट २ सय १९ कम्पनीका २ करोड २६ लाख १३ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार ८ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

परिसूचकमा उच्च अंकको वृद्धिसागै सेन्सेटिभ परिसूचक १.५७ प्रतिशत र फ्लोट परिसूचक १.७ प्रतिशतले बढे । सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ३९ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब ३७ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको वित्त कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी ७.९१ प्रतिशत र विकास बैंक उपसमूहको ६.१३ प्रतिशत बढे । यसैगरी, बैंकिङ उपसमूहको परिसूचक ०.४८, व्यापारको ०.३६, होटल्स तथा पर्यटनको २.६९, जलविद्युतको २.८६ प्रतिशतले उकालो लागे । सो दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ३.३४, उत्पादन तथा प्रशोधनको २.३९, अन्यको ५.२४, लघुवित्तको १.३, जीवन बीमाको २.०८ र लगानी उपसमूहको ०.९२ प्रतिशतले सकारात्मक रहे ।

प्रकाशित : जेष्ठ १९, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?