कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोभिडविरुद्ध लड्न निजी क्षेत्रको सहयोग निरन्तर

काठमाडौँ — कोभिड–१९ विरुद्ध लड्न विभिन्न संघसंस्था र निजी क्षेत्रले निरन्तर सहयोग गरिरहेका छन् । महामारीसँग जुध्न विभिन्न संघसंस्था र निजी क्षेत्रले स्वास्थ्य सामग्री, आइसोलेसन केन्द्र सञ्चालन र अन्य सहयोग गरिरहेका हुन् । 

कोभिडविरुद्ध लड्न निजी क्षेत्रको सहयोग निरन्तर

तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर र गोर्खा ब्रुअरीले २५ करोड रुपैयाँ बराबरको १३ टनभन्दा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उक्त सामग्री नेपाल वायुसेवाको विमानमार्फत शनिबार काठमाडौं ल्याइएको हो । उक्त सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले एक समारोहबीच हस्तान्तरण गरे ।

कोभिड–१९ का विभिन्न भेरिएन्टबाट मानिसलाई बचाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको तामासेक फाउन्डेसन इन्टरनेसनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले बताए । महामारीसँग जुध्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले ललितपुरमा ड्राई (अक्सिजन र आपत्कालीन उपचारबिनाको) आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउन्डेसन र अक्षेश्वर महाविहार पुल्चोकको सहकार्यमा संक्रमितहरूका लागि आइतबारदेखि यो आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

सेन्टरमा सुरुमा ३० बेड रहनेछन् । यो केन्द्रबाट दैनिक पौष्टिक आहार र स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराइने महासंघले जानकारी दिएको छ । महासंघले यसअघि गत वैशाख ३० देखि भगवान् महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउन्डेसनको सहयोग र सहकार्यमा कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको र जेठ ३ देखि क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालको भवनमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ सँगको सहकार्यमा ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।

कोभिड रोकथाम तथा नियन्त्रणमा शारदा ग्रुप तथा यसअन्तर्गतका कम्पनीहरूले आइसोलेसन सेन्टर सञ्चालन गरेका छन् । काठमाडौंमा ग्रुपले नेपाल उद्योग परिसंघमार्फत अक्सिजन प्लान्ट सञ्चालन, मारवाडी सेवा समितिअन्तर्गत गौशालामा ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनका लागि ४ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ । लाहान नगरपालिकामा बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधि र अक्सिजन उपलब्ध गराउने जिम्मा पनि लिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?