कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

परिसंघले दियो दुई करोडको स्वास्थ्य सामग्री

काठमाडौँ — नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परिसंघले आफ्नो सदस्य संस्था होङ्सी सिमेन्टमार्फत मंगलबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

परिसंघले दियो दुई करोडको स्वास्थ्य सामग्री

परिसंघले मन्त्रालयलाई आठ लिटर क्षमताका दुई सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको जानकारी दिएको छ । कोभिड–१९ को महामारी तथा अक्सिजन अभावको समयमा उपलब्ध यी सामग्रीले विपद्मा विशेष राहत पुग्ने मन्त्री त्रिपाठीले बताए ।

संकटका बेला देशलाई निजी क्षेत्रको सहयोग सदैव रहने परिसंघका अध्यक्ष सतीशकुमार मोरको भनाइ छ । परिसंघले कोभिडको दोस्रो लहर फैलिएसँगै संक्रमितहरूको उपचारमा आवश्यक अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको हो ।

प्रकाशित : वैशाख २९, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?