उत्पादनमा कटौती गर्दै उद्योग

मकवानपुर — दोस्रो लहरको कोरोना संक्रमण तीव्र भएसँगै मकवानपुरका उद्योगले आफ्ना उत्पादनमा कटौती सुरु गरेका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले ‘बजार अनिश्चित’ बनेको भन्दै उत्पादन क्षमता घटाएका हुन् ।

उत्पादनमा कटौती गर्दै उद्योग

एक महिनाअघि शतप्रतिशत क्षमतामा सञ्चालित उद्योगले हाल ८० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । ‘सुरुकै लकडाउनबाट कतिपय उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएका थिएनन् । ती उद्योगले क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न थालेका छन्,’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले भने ।

औद्योगिक क्षेत्रभित्र रहेका १ सय ३६ उद्योगमध्ये १ सय १२ सञ्चालनमा छन् । तीमध्ये ८० प्रतिशत उद्योगले उत्पादन क्षमता घटाएका छन् । ‘खाद्यान्न तथा सरसफाइजन्य सामग्री उत्पादन गर्ने उद्योग पूर्णरूपमा सञ्चालित छन् । अन्य उद्योगले उत्पादनमा कटौती गरिसकेका छन्,’ कँडेलले भने । देशका विभिन्न स्थानमा भइरहेको निषेधाज्ञा कति समय लम्बिने हो, निश्चित नभएपछि त्यसको असर उद्योगमा परेको छ ।


प्रकाशित : वैशाख २४, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?