कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच दिनपछि ३६ अंक घट्यो नेप्से

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ३५.८९ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १.३१ अंकले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९९.५१ विन्दुमा बन्द भयो । अघिल्ला ४ कारोबार दिनमा निरन्तर बढेको नेप्से आइतबार उच्च अंकले घटेको हो । चार दिनअघि (गत चैत २५ मा) नेप्से २.६५ अंकले घटेको थियो ।

पाँच दिनपछि ३६ अंक घट्यो नेप्से

त्यसअघि गत चैत १६ मा नेप्से ५.४५ अंकले घटेको थियो । यसरी हेर्दा आइतबारको नेप्से गत चैत १७ यता पहिलो पटक उच्च अंकले घटेको हो । आइतबार कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष उपसमूहको परिसूचक बढे पनि बाँकी सबैको घट्यो । सोही कारण समग्र नेप्सेमा दबाब परेको हो ।

करिब साढे ९३ हजार कारोबारबाट आइतबार २ सय ७ वटा कम्पनीका १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता सेयर कारोबार भए । ती कारोबारबाट ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँ परिचालन भएको छ । यससँगै कुल बजार पुँजीकरण पनि ३७ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । निरन्तर बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षण गर्न थालेकाले बजारमा करेक्सन भएको विश्लेषण गरिएको छ । यो दिन बजार खुल्दा नेप्से २ हजार ७ सय ५९.९० अंकमा थियो । सुरुदेखि नै घट्न थालेको नेप्से अन्त्यसम्म पनि घटेरै बन्द भयो । आइतबार सेन्सेटिभ परिसूचक १.२८ र फ्लोट परिसूचक १.४४ प्रतिशतले घट्यो ।

आइतबार व्यापारिक उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान ब्यहोरे । यो उपसमूहको परिसूचक ३.२७ प्रतिशत घट्यो । त्यस्तै होटल्स र पर्यटन समूहको २.३५, बैंकिङको १.७५, विकास बैंकको १.६२, जलविद्युत्को १.२५, वित्त कम्पनीको १.२३, निर्जीवन बिमाको १.३४, उत्पादन तथा प्रशोधनको १.१९, अन्यको १.०२ र लघुवित्तको ०.९४ प्रतिशतले घट्यो । बाँकी जीवन बिमा र लगानी उपसमूहका परिसूचक पनि एक प्रतिशतभन्दा कमले ऋणात्मक छन् ।

प्रकाशित : वैशाख ५, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?