उद्यमी गणेशभक्तको निधन

काठमाडौँ — साखः ग्रुपका अध्यक्ष गणेशभक्त साखःको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । भक्तपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष रहेका साखः संघका सल्लाहकारसमेत थिए ।

उद्यमी गणेशभक्तको निधन

उद्योगी व्यवसायीलाई व्यवसाय गर्न प्रोत्साहन गरिरहने साखःले उद्योग क्षेत्रमा दिएको योगदान अतुलनीय रहेको संघका अध्यक्ष प्रदीप श्रेष्ठ बताउँछन् । ‘साखःको निधनबाट हामीले एक अभिभावक गुमाएका छौं,’ उनले भने । भक्तपुरमा साखः समूहका नेपाल पेन्ट्स र साखः मेटल एन्ड एलाइड इन्डस्ट्री छन् ।

गणेशका पाँच छोरामध्ये साहिँला छोरा प्रभातको यसअघि नै निधन भइसकेको छ । उनका छोराहरू किरणप्रकाश, तेज प्रकाश, विश्वप्रकाश र ज्योतिप्रकाश छन् । श्रीमती जनकलक्ष्मीको पनि निधन भइसकेको छ । सामाजिक क्षेत्रमा पनि क्रियाशील साखःलाई २०७४ सालमा नेपाल चेम्बर अफ कमर्सले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । मल्टिफुड इन्डस्ट्रिजमार्फत चाउचाउ उत्पादन गरेका उनी चेमी ड्रग उद्योगमा समेत संलग्न थिए ।



प्रकाशित : वैशाख ५, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?