कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछि फेला

भरत जर्घामगर

सिरहा — सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पारेको छ । 

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछि फेला

केही कार्टुन तेलसहित ट्रक बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीका अनुसार स्याङ्जातर्फ जाँदा बीचबाटोबाटै गायब भएको ट्रकमा करिब ४६ लाख रुपैयाँ बराबरको २२ सय कार्टुन पशुपति उद्योगका ‘हेलो सनफलाबर’ खानेतेल थियो । तर बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

ट्रक चालक र सहयोगी फरार छन् । प्रहरीका अनुसार त्यही चालक वा अन्य व्यक्तिको संग्लनतामा तेल चोरी गरी बेचेको हुन सक्छन् । सिरहाको लहान, सुखीपुर, गोलबजारमा तेल बिक्री भएको सूचना पाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

फेला परेको ट्रक र तेल खरिद बिक्री भएको सूचनाको आधारमा छानबिन भइरहेको एसपी राजभण्डारीले बताए ।

प्रकाशित : वैशाख १, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?