३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बजेटबिनै नौमुरेको कार्यालय उद्घाटन

अर्घाखाँची — ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बजेटबिनै नौमुरे जलविद्युत् कार्यालय उद्घाटन गरेका छन् । प्यूठानको सीमासँग जोडिएको अर्घाखाँचीको सितगंगा नगरपालिका–७ तामातालमा रहेको आयोजनाको कार्यालय उद्घाटन गर्दै रायमाझीले आगामी आर्थिक वर्षमा बजेट पारेर काम अगाडि बढाइने बताए ।

बजेटबिनै नौमुरेको कार्यालय उद्घाटन

२०४४ सालमा तत्कालीन सरकारले खटाएको विशेषज्ञ टोलीले २ सय ४५ मेगावाट क्षमताको विद्युत् निकाल्न सकिने प्रतिवेदन दिएको थियो । प्यूठानको सीमा जाबुनेसँग जोडिएको अर्घाखाँची सितगंगा नगरपालिकाको जलुकेमा नौमुरे पर्छ । लुम्बिनीको नौमुरे जलविद्युत् आयोजनालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा सम्बोधन गरेका थिए । पहिलो पटक अर्थमन्त्री भएका बेला विष्णु पौडेलले पनि बजेट भाषणमा सम्बोधन गरेका थिए । तर बजेट परेन । ‘अब काम सुरु भयो, अहिले धेरै बजेट नभए पनि आउँदो आर्थिक वर्षमा बजेट पारेर नौमुरे योजनाको काम द्रुत गतिमा अघि बढ्छ,’ मन्त्री रायमाझीले भने ।

विद्युत्‌को काम सुरु भएसँगै पर्यटकीय संरचना निर्माण गरेर दुर्गम बस्तीमा पर्यटक ल्याउने योजना पनि छ । जलविद्युत् आयोजना सञ्चालनका लागि ७५ अर्ब रुपैयाँ खर्च लाग्ने विद्युत् विकास विभागको अनुमान छ । जनताकै सेयर लगानीमा नौमुरे जलविद्युत् परियोजना सम्पन्न गर्ने सरकारको तयारी रहेको रायमाझीले बताए । परियोजनाले विद्युत्, सिँचाइ र पर्यटन विस्तारमा कायापलट ल्याउने उनको दाबी छ । यहाँको पानीले कपिलवस्तु र दाङका खेतमा सिँचाइ पुर्‍याइनेछ ।

प्रकाशित : चैत्र २९, २०७७ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?