२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डिपो जोगाउन निगमका कर्मचारीदेखि चालकलाई तालिम

काठमाडौँ — नेपाल आयल निगमले अमलेखगन्ज पेट्रोलियम डिपोमा फायरफाइटिङसम्बन्धी तालिम सुरु गरेको छ । डिपोमा इन्धन ढुवानी र लोडिङको क्रममा हुने जोखिमलाई मध्यनजगर गर्दै डिपो कर्मचारी, नेपाली सेना, चालक,  सहसञ्‍चालक र स्थानीयसहितलाई तालिम दिन सुरु गरेको हो ।

डिपो जोगाउन निगमका कर्मचारीदेखि चालकलाई तालिम

‘ट्यांकर डिपोमा आउँदा ध्यान दिनु कुराहरु, आगलागी सम्भावित घटना र त्यसलाई चुस्त व्यवस्थापन गर्नका लागि तालिम सुरु गरेका छौं,’ आयल निगम २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्ज प्रमुख प्रदीप यादवले भने, ‘पहिलो दुई दिन डिपोमा रहेका कर्मचारी र सुरक्षामा खटिएका सेनालाई दिएका छौं । अब ट्यांकर चालक, पम्प सञ्‍चालक र स्थानीयलाई पनि दिन्छौं ।’ एक हप्ता सञ्‍चालन हुने तालिम भारतीय आयल निगम (आघओसी)को विज्ञ समिर दासले तालिम दिइरहेका छन् ।

‘चैत २३ देखि सुरु भएको फायरफाइटिङसम्बन्धी तालिम चैत २९ गतेसम्म चल्नेछ,’ प्रमुख यादवले भने, ‘तालिमले विपत व्यवस्थापनले धेरै मद्दत पुग्ने आशावादी छौं ।’

अमलेखगन्ज डिपोबाट करिब ४ सय ट्यांकरबाट इन्धन ढुवानी हुन्छ । उक्त डिपोबाट इन्धन ढुवानी गर्ने चालक/सहचालकहरुलाई लट/लटअनुसार तालिम दिइने जनाएको छ । ‘डिपोभित्र छिर्दा, चालक, सहचालकले जुत्ता, हेलमेट लगाएर, मोबाइल अफ गरेरमात्रै डिपो परिसर जानुपर्छ । इन्धन लोड गर्नेक्रममा आफ्नो गाडीमा भएको फायर बोत्तल पनि सुरक्षित राख्न जरुरी छ,’ यादवले भने, ‘यी साना/साना कुरामा ध्यान दिए सम्भावित दुर्घटना रोक्न सकिन्छ ।’


प्रकाशित : चैत्र २६, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?