कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

हानिकारक कस्मेटिक उत्पादन गर्ने पक्राउ

काठमाडौँ — सरकारले हानिकारक मेहेन्दी र कस्मेटिक उत्पादन गरी बिक्री गर्ने हबिब काला कोकिला हिनाज उद्योगमा सिलबन्दी गरेको छ । 

हानिकारक कस्मेटिक उत्पादन गर्ने पक्राउ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुगमनमा उक्त उद्योगको उत्पादनस्थल, भण्डारण तथा बिक्री स्थलहरू सिलबन्दी गरिएको हो । त्यसक्रमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा उद्योगमा अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

विदेशीका ट्रेडमार्क/ब्रान्ड प्रयोग गरी जनस्वास्थमा हानिनोक्सानी पुग्ने गरी अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दीलगायत तीन दर्जनभन्दा बढी प्रकारका कस्मेटिक वस्तु गोप्य भण्डारण, आयात र बिक्री गरेको फेला परेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ विपरीत अनुचित व्यावसायिक क्रियाकलाप गरेको फेला परेपछि सिलबन्दी गरिएको विभागले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?