कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कम तौलको स्टील/डन्डी बेच्दै राजेश हार्डवेयर, बालाजुको सटर शिलबन्दी

काठमाडौँ — बालाजुमा रहेको राजेश हार्डवयरले कम तौलका फलामे डन्डी बिक्री गरेर उपभोत्ता ठगी गरेको पाइएको छ । सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेखित परिमाणभन्दा कम डन्डी लगायतका फलाम जन्य सामग्री बिक्री गरेको पाइएको हो ।

कम तौलको स्टील/डन्डी बेच्दै राजेश हार्डवेयर, बालाजुको सटर शिलबन्दी

गुणस्तर तथा नापतौल विभागका क्षेत्रीय कार्यालय प्रमुख मनिशकुमार दासका अनुसार उक्त हार्डवेयरबाट उपभोक्ताको उजुरी परेको थियो । तर, प्रमाण फेला गर्न सकेको थिएन । शुक्रबार उपभोक्ताले खरिद गर्दा पुन: शंका लागेपछि प्रहरीकोमा पुर्‍याएका थिए । त्यसपश्चात् ठगी गररहेको पुष्टि भएको हो । ‘उपभोक्ताहरु आफैंले बालाजु प्रहरी चौकीमा लगेका थिए । त्यसक्रममा हार्डवयरका कर्मचारीले गल्ती स्वीकार गरेको छ,’ दासले भने, ‘बिलमा एक सय किलो उल्लेख गरेर ९० किलोसम्म मात्रै दिने गरेको देखियो । यो सरासर ठगी नै हो ।’ उपभोक्ताले प्रहरी चौकीमा पुर्‍याएपछि शुक्रबार सामान्य मुचुल्का बनाएर राखिएको थियो । शनिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग, गुणस्तर तथा नापतौलको टोलीसमेत पुगेपछि डन्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो । वाणिज्य विभागका प्रवक्ता शिवराज सेडाईंका अनुसार तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको थियो ।

‘प्रहरीमा पुगेपछि वाणिज्यमा पनि खबर आयो । सामान आउटलेटमै लगेर पुन: तौल गर्दा १० देखि १५ किलोसम्म फरक परेको देखियो । बिलमा ९८ किलो लेखिए पनि तौल गर्दा ७८ किलो/८१ किलोसम्म मात्रै देखियो,’ प्रवक्ता सेडाईंले भने, ‘थप अध्ययनका लागि सम्पूर्ण कागजातसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिएका छौं । त्यसपश्चात् कडा कारबाही हुन्छ ।’

विभागले तौल गरिएको वस्तुहरु नियन्त्रणमा लिई शिलबन्दी गरेर बिक्री वितरणमा रोक्का गरेको छ । उक्त शाखाका प्रमुख कमल शर्मा (भारतीय नागरिक) प्रहरी हिरासतमै रहेको सेडाईले जानकारी दिए । राजेश हार्डवयरले विभिन्न कम्पनीको रड, स्टिल लगायतका सामग्री बिक्री गर्दै आएको छ । उक्त हार्डवयरको १८ वटा आउटलेट रहेको वाणिज्यले जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?