२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

स्याउ किसानलाई साढे २ करोड बिमा भुक्तानी

काठमाडौँ — शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउ खेतीको बिमा गरेका कर्णालीका किसानलाई  २ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ ।

स्याउ किसानलाई साढे २ करोड बिमा भुक्तानी

माथिल्लो कर्णालीका जुम्ला, कालीकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबी भुक्तानी हस्तान्तरण गरिएको हो ।

जुम्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बिमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको बिमा भुक्तानी रकम बुझेको कम्पनीले जनाएको छ । जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बिमा गराएका थिए । जुम्लामा मात्र प्रतिबिरुवा २ सय ७० रुपैयाँका दरले १ बरोड बिमा दाबी रकम भुक्तानी गरिएको छ । यसैगरी प्रतिबिरुवा २ सय ७० रुपैयाँका दरले कालीकोटका ३ सय २६ किसानले ७० लाख २० हजार दाबी भुक्तानी पाएका छन् । कालीकोटमा ३ सय २६ जना किसानले २ हजार ६ सय बिरुवाको मौसमी सूचकांकमा आधारित स्याउ बिमा गराएका थिए । मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बिमा गरेबापत ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएको बताइएको छ ।

कर्णालीका किसानले गत वर्ष नै स्याउ फल्ने बेला यसको बिमा गरेका थिए । मौसमका कारण स्याउ खेती प्रभावित भएपछि उनीहरूले दाबी भुक्तानी पाएका हुन् । शिखर इन्स्योरेन्सले ५ वर्ष अगाडि मौसमी सूचकांकका आधारमा गरिने बिमामा स्याउ खेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो पोलिसी सुरु गरेको थियो । ३ वर्षयता हरेक वर्ष इन्स्योरेन्सले स्याउ किसानलाई दाबी भुक्तानी गर्दै आएको छ । आगामी दिनमा मौसम सूचकांक बिमा योजनालाई विभिन्न जिल्लामा विस्तार गर्ने योजना बनाएको इन्स्योरेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र १७, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?