कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिर्तामोड वाणिज्य संघमा लोकतान्त्रिक समूह निर्वाचित

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस समर्थक लोकतान्त्रिक व्यवसायी समूहले बहुमत सदस्य जितेको छ ।

बिर्तामोड वाणिज्य संघमा लोकतान्त्रिक समूह निर्वाचित

आइतबार भएको संघको निर्वाचनको अन्तिम मतपरिणाम सोमबार राति सार्वजनिक भएको हो । संघको तीनवर्षे कार्यकालका लागि १० जना पदाधिकारीमा ८ जना, ७ जना सदस्यमा ५ जना तथा दुई महिला सदस्यमा एक जना लोकतान्त्रिक समूहका उम्मेद्वार निर्वाचित भएका हुन् । संघको चुनावमा नेकपा र राप्रपाले संयुक्त प्यानल बनाएर चुनाव लडेको थियो । संयुक्त प्यानलले पदाधिकारीमा २, सदस्यमा २ र एक महिला सदस्यमा मात्र जित हासिल गरेको छ ।

निर्वाचनमा लोकतान्त्रिक समूहका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा संजिव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग सचिवमा कुशल खतिवडा, कोषाध्यक्षमा दिपेन्द्र राउत र सह–कोषाध्यक्ष (महिला) मा राधिका चुडाल हुमागाई निर्वाचित भएका छन् । पदाधिकारीतर्फ नेकपा र राप्रपाको संयुक्त व्यवसायी प्यानलबाट अर्जुनकुमार मैनाली महासचिवमा र कृष्ण पौडेल वाणिज्य सचिवमा निर्वाचित भएका छन् । संघको जनसम्पर्क उपाध्यक्षमा लोकतान्त्रिक समूहका नैनकला भट्टराई निर्विरोध भएकी थिइन् ।

सदस्यतर्फ लोकतान्त्रिक समूहबाट विशाल थापा, दिपक मित्तल, पुकार बराल, जीवनकुमार खड्का र महिला सदस्यमा तुलसा खनाल ढकाल निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट गौरीशंकर गुप्ता (टिंकु), गुन्जन प्रसाईं र महिला सदस्यमा रुचि सिवाकोटी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । संघको आइतबारको मतदानमा ३ हजार ८ सय ५८ मत खसेको थियो । संघमा कुल मतदाता ४ हजार ५ सय ५० रहेका थिए ।


प्रकाशित : फाल्गुन १८, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?