१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय बजारमा आइतबार सुनको मूल्य ५ सय रुपैयाँले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५ सयले घटेको हो ।

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८७ हजार ८५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आइतबार तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ मा कारोबार भएको चाँदी आइतबार भने एक हजार ३२५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?