सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढ्यो


काठमाडौँ — सुनको मूल्य तोलामा एघार सयले उकालो लागेको छ । सोमबारको तुलनामा सुनको मूल्यमा एक हजार एक सय बढी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९० हजार एक सयमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएकोमा मंगलबारका लागि ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन समेत तोलामा एक हजार एक सयले उकालो लागेको हो ।
चाँदीको मूल्यमा समेत मंगलबार २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोबार भएको चाँदी मंगलबार एक हजार ३६० रुपैयाँ भएको छ ।
प्रकाशित : फाल्गुन ११, २०७७ १२:१४