१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । छापावाला सुन तोलामा आइतबार ८ सय रुपैयाँले वृद्धि भएको हो ।

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोबार भएकामा आज ८८ हजार ५५० मा कारोबार हुने गरी मूल्य निर्धाण भएको छ ।

चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा एक हजार ३०५ रुपैयाँमा शुक्रबार कारोबार भएको चाँदी आइतबार तोलामा २५ रुपैयाँले वृद्धि भएको हो ।

प्रकाशित : फाल्गुन ९, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?