कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्वदेशी तयारी पोसाकको ब्रान्डिङ खोज्दै व्यवसायी

काठमाडौं — नेपालमा उत्पादित तयारी पोसाकको ब्रान्डिङ आवश्यक भएको उद्योगी व्यवसायीले बताएका छन्  । नेपाल तयारी पोसाक उत्पादक संघले शनिबार आयोजना गरेको कार्यक्रममा उनीहरूले नेपालमा तयारी पोसाकको उत्पादन राम्रो रहेकाले त्यसको प्रचारप्रसार पनि आवश्यक रहेको धारणा राखे  ।

‘नेपालमा उत्पादित कपडाको ब्रान्डिङ गर्नुस्, त्यसपछि स्थापित भइहाल्छ,’ उद्यमी तथा बैंकर्स पवन गोल्यानले भने, ‘विदेशी लोगो टाँसेर आफ्नो उत्पादनको अवमूल्यन नगर्नुस् ।’

हाम्रो पहिचान भनेको आफूले गरेको उत्पादन नै हो । यसले नै हामीलाई इज्जत दिने भएकाले अब पहिचान स्थापित गर्न लाग्नुपर्ने उनले बताए । धागोदेखि गार्मेन्टसम्मको उत्पादन नेपालमै गर्न सकिने भएकाले यस क्षेत्रमा युवा व्यवसायीको आकर्षण बढेको उनको दाबी छ ।

प्रकाशित : माघ २६, २०७७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?