२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कृषि बजारमा किसानलाई ६० प्रतिशत स्टल

काठमाडौँ — किसानले उत्पादन गरेको वस्तु बिक्रीको ग्यारेन्टी हुने गरी कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याइएको छ ।

कृषि बजारमा किसानलाई ६० प्रतिशत स्टल

६० प्रतिशत स्टल किसानकै रहेको बजारमा बजारभाउको तुलनामा १० प्रतिशत सस्तो मूल्य रहेको दाबी गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले शुक्रबार बजार उद्घाटन गरिन् ।

किसानले उत्पादन गरेको वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री अर्यालले बताइन् । बजारको समस्या समाधान गर्न जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उनले बताइन् । ‘एक जनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हिँड्नुपर्ने अवस्था हुन्छ । हामीले सामूहिकतामा चक्लाबन्दी मोडलमा तरकारी, फलफूल उत्पादन गर्‍यौं भने यस्ता बजार गाउँमा आफैं खोज्दै आउँछ,’ उनले भनिन्, ‘तपाईंहरूले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईंहरूको गाउँमा संकलन केन्द्र दिन्छ ।’

कृषकको प्रत्यक्ष स्टल रहेको बजारमा ११५ वटा स्टल छन् । यसमा ६० प्रतिशत किसानका स्टल रहेको बजारका सञ्चालक विजय केसीले बताए । ४० प्रतिशत भने वैदेशिक रोजगारबाट फर्केका युवा, पर्यटन व्यवसायी र शिक्षकको रहेको उनले जानकारी दिए । ‘बिचौलियाको तह घटाउन सिधै किसानलाई स्टल दिएका छौं । बारीबाट सिधै उपभोक्तालाई बिक्री भाउ सस्तो पर्छ,’ उनले भने, ‘अन्य बजारभन्दा कम्तीमा १० प्रतिशत सस्तोमा दिन्छौं ।’ कलंकी तरकारी बजारमा पालुङ, धादिङ, नुवाकोट र ललितपुरका किसानले स्टल राखेका छन् ।

प्रकाशित : माघ १७, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?