कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

'एमसीसी सहायता नआए आफ्नै लगानीमा परियोजना कार्यान्वयन गर्नुपर्छ'

काठमाडौँ — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।  

'एमसीसी सहायता नआए आफ्नै लगानीमा परियोजना कार्यान्वयन गर्नुपर्छ'

एमसीसीबारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउादा परियोजना आफै गलत हो कि भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताएका छन् ।

परियोजनाको राजनीनिक पक्ष जे जस्तो भए पनि केही वर्षभित्र विद्युत्को ठूलो राष्ट्रिय प्रसारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेश भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तीव्रता दिएको बताए । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवश्यक पर्ने देखिएको पनि उनले बताए ।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेश नगरेको पनि स्पष्ट पारेका छन् । ऊर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपान्तरणकारी आयोजनामा समावेश गरेको प्रस्ट पारेका थिए ।

प्रकाशित : माघ १४, २०७७ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?