२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भन्सार चुहावट रोक्न निजी क्षेत्रले सघाउनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । ६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले न्यून बीजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

भन्सार चुहावट रोक्न निजी क्षेत्रले सघाउनुपर्छ : अर्थमन्त्री पौडेल

निजी क्षेत्रका जायज समस्यालाई समाधान गर्न भन्सार प्रशासनले सहयोग गर्नुपर्ने उनको भनाइ छ । निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै उनले दुईमध्ये एक नहुादा भन्सार प्रणाली नै नरहने बताए । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउादै प्रणालीलाई प्रविधि–अनुकूल बनाउादै लैजानुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि वस्तुको भन्सार मूल्यांकन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे । तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्नुपर्ने उनले बताए । भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिन गोल्छाले आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्तअनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए । त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन उनले माग गरे ।

भन्सार प्रशासनले व्यवसायीहरूलाई विश्वास गर्न नसक्दा वस्तुको मूल्यांकन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । भ्याट, आयकरलगायत करका दरहरू घटाउनसमेत उनले माग गरे ।

प्रकाशित : माघ १३, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?