कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

महासंघको कर तथा राजस्व समिति विस्तार

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य सन्दीपकुमार अग्रवाल कर तथा राजस्व समितिको सभापति चयन भएका छन् ।

महासंघको कर तथा राजस्व समिति विस्तार

समितिमा गोविन्द ढुंगेल, पूर्वकारिणी समिति सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक नीरञ्जन श्रेष्ठ पनि चुनिएका छन् । त्यस्तै समिति सदस्यमा फ्रेट फरवार्डर एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहाल छन् ।

समितिको आमन्त्रित सदस्यमा महासंघको उद्योग समिति सभापति भरतराज आचार्य, निर्यात प्रवर्द्धन समितिका सभापति मनीषलाल प्रधान, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैंक, वित्तीय तथा बिमा समितिका सभापति साहिल अग्रवाल छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गरे । अध्यक्ष गोल्छाले महासंघ सचिवालयमा कर राजस्वसम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एक इकाइ स्थापना गर्ने योजना रहेको पनि सुनाए ।

प्रकाशित : माघ १३, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?