कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

महासंघको पुँजीबजार फोरममा पौडेल

काठमाडौँ — पुँजीबजार फोरमको सभापतिमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेल चुनिएका छन् । नवगठित फोरमका सहसभापतिमा महासंघका कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया छन् ।

महासंघको पुँजीबजार फोरममा पौडेल

सदस्यहरूमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्य निर्माणकुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा, सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनाली, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एन्ड मर्चेन्ट बैंकिङका सञ्चालक विष्णुप्रसाद बस्याल, ओरल एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक राजन लम्साल र ग्रिन हिल सिटीका प्रबन्धक ज्योति दाहाल छन् ।

एनआरएन इन्फ्रास्ट्रक्चरकी कार्यकारी अधिकृत उषा खतिवडा, अनलाइन सेक्युरिटिजका प्रबन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चुनिएका छन् । फोरमको सल्लाहकारमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजीबजारका परामर्शदाता कुमारकेशर विष्ट छन् ।

समितिमा चुनिएका उद्यमी व्यवसायीलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजीबजारलाई स्थायी र भरपर्दो बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ अभ्यासको प्रवर्द्धनमा फोरममार्फत महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : माघ १२, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?