कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चन्द्रागिरिको आईपीओ बाँडफाँट

काठमाडौँ — चन्द्रागिरि हिल्सको प्राथमिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरेको हो ।

आवेदन दिएकामध्ये १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै २० कित्तादेखि १३ हजार ९ सय ६० कित्तासम्मका लागि आवेदन दिनेमध्येबाट २ जनाले थप १ कित्ता सेयर पाएका छन् ।

कम्पनीको आईपीओमा १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १२ लाख ११ हजार १ सय १५ जना मात्र योग्य आवेदक ठहरिएका थिए । कम्पनीले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको थियो । यो कम्पनीको आईपीओमा त्यतिबेलासम्मकै सबैभन्दा धेरै आवेदन परेको थियो । यो कम्पनी सूचीकृत भएपछि पर्यटन क्षेत्रकै पहिलो कम्पनी हुनेछ ।

प्रकाशित : माघ ९, २०७७ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?