३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान 

काठमाडौँ — चार वर्षदेखि काठमाडौंलाई हब बनाएर अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलायन्सले मंगलबार काठमाडौंबाट चीनको ल्हासाका लागि परीक्षण उडान गरेको छ ।

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान 

हिमालयका अनुसार पहिलोपटक गरिएको परीक्षण उडान (एचनाइन–९६१) मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७:१७ बजे ल्हासाका लागि काठमाडौंबाट उडेको थियो ।

उक्त विमान नेपाली समय अनुसार ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०:४६ बजे अवतरण भएको थियो । ल्हासाबाट मंगलबार नै २ बजे अवतरण हुने तालिका रहेको छ ।

परीक्षण उडानका लागि हिमालयले न्यारोबडी हवाई जहाजए ३१९–११५ उडाएको छ । यो उच्च उचाइको उडान भर्नका लागि परिमार्जित गरिएको विमान हो । यस्तो परिमार्जित विमानले अधिकतम १४ हजार ५ सय फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरू भएर उड्ने क्षमता राख्दछ ।

ल्हासा विमानस्थल ३५ सय ७० मिटर अर्थात् ११ हजार ७ सय ११ फिट बराबरको उचाइमा पर्छ । हिमालयले हाल चारवटा जहाजबाट काठमाडौंदेखि ढाका, अबुधाबी, दमाम, दोहा, क्वालालम्पुर तथा चीनको बेइजिङ्ग र छोङछिङमा उडान सेवा भर्दै आएको छ ।

प्रकाशित : माघ ६, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?