२ सय रुपैयाँले घट्यो सुनको मूल्य

रासस

काठमाडौँ — लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा  २ सय रुपैयाँले घटेको छ ।

२ सय रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३ सयमा कारोबार भएकामा आजका लागि भने ९१ हजार १ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा १ हजार २३० रुपैयाँले कारोबार हुनेछ ।

प्रकाशित : माघ ५, २०७७ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?