१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रोजगारदाता परिषद्‌मा संघाई

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ ।

रोजगारदाता परिषद्‌मा संघाई

परिषद्को उपसभापतिमा कार्यकारिणी समिति सदस्य प्रबलजंग पाण्डे चुनिएका छन् । परिषद् सदस्यहरूमा एसोसिएट समूहबाट कृष्णलाल महर्जन, पूर्व कार्यकारिणी समिति सदस्यहरू विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डाबर नेपाल चुनिएका छन् ।

वस्तुगत संघ समूहबाट परिषद् सदस्यमा अरनिको राजभण्डारी, नेपाल तयारी पोसाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगन्ज उद्योग वाणिज्य संघ र प्रतिनिधि सिद्धार्थनगर उद्योग वाणिज्य संघ छन् । प्रदेश समूहबाट परिषद् सदस्यमा प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वाग्मती प्रदेशबाट दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी र लुम्बिनी प्रदेशबाट दीपक पौडेल चुनिएका छन् । अन्य क्षेत्र र वर्गमध्ये परिषद्को सदस्यमा विनय उपाध्याय, साजन शाक्य, शोभा ज्ञवाली, बाबुकाजी कार्की चुनिएका छन् ।

प्रकाशित : माघ ५, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?