३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सुनको भाउ तोलामा ७ सयले घट्यो

रासस

काठमाडौँ — स्थानीय बजारमा पहेंलो धातुको मूल्य आइतबार पनि ओरालो लागेको छ । तोलामा नै ७ सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोबार सुरु भएको छ । 

सुनको भाउ तोलामा ७ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा ७ सय रुपैयाँले घटेको छ ।

९२ हजारमा रुपैयाँमा शुक्रबार कारोबार भएको तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३०० मा कारोबार भएको छ ।

यस्तै, चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । एक हजार २६० मा शुक्रबार कारोबार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा मूल्य निर्धारण भएको छ ।

प्रकाशित : माघ ४, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?