२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

धान खरिद रोकियो

बर्दिया — यहाँको राजापुर नगरपालिकास्थित खाद्य व्यवस्था व्यापार केन्द्रले गोदाम भरिएपछि आइतबारदेखि धान खरिद प्रक्रिया स्थगन गरेको छ । यस वर्ष व्यापार केन्द्रले ३८ हजार क्विन्टल मोटा र मकवानपुर धान खरिद गरिसकेको छ ।

गोदाममा गत वर्षकै १२ हजार क्विन्टल धान मौज्दात छ । गोदाम ५५ हजार क्विन्टल क्षमताको छ । धान कुटानीपछि गोदाममा राख्ने ठाउँ भएपछि पुनः धान खरिद गर्ने योजना रहेको केन्द्रका प्रमुख धर्मराज पन्थले बताए । यस वर्ष सरकारले मोटो धानको मूल्य २ हजार ७ सय ३५ रुपैयाँ तोकेको थियो । मकवानपुर धानको मूल्य २ हजार ८ सय २० रुपैयाँ तोकेको छ ।

केन्द्रले यस वर्ष ५० हजार क्विन्टल धान खरिदको लक्ष्य राखेको छ । गत वर्षको धान मौज्दात भएका कारण राख्ने ठाउँ नभएपछि खरिद प्रक्रिया केही समयका लागि रोकिए पनि फाट्टफुट्ट रूपमा किसान धान बिक्रीका लागि आउने गरेका छन् । गत वर्ष ४८ हजार क्विन्टल धान खरिद भएको थियो । यस वर्ष कोरोनाका कारण मनाउ र शान्ति बजारमा खरिद डिपो राखिएको छैन ।

प्रकाशित : पुस २९, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?