कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुई दिनमै सेयर राफसाफ

काठमाडौँ — अब सेयर किनबेच भएको दुई दिन (टी प्लस टु) भित्रै राफसाफ तथा फर्छ्योट हुने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले शुक्रबार यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो । धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट विनियमावली, २०६९ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो ।

दुई दिनमै सेयर राफसाफ

यो व्यवस्था कार्यान्वयनका लागि सीडीएस एन्ड क्लियरिङले सूचना जारी गर्ने बोर्डले जनाएको छ । त्यसपछि मात्र नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ । हाल कारोबार भएको तीन दिन (टी प्लस थ्री) भित्र राफसाफ तथा फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट प्रणाली ‘टी प्लस टु’ मा गर्ने व्यवस्था गरिएको बोर्डले दाबी गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन सीडीएस एन्ड क्लियरिङले आफ्नो विनियममा भएको हालको ‘टी प्लस थ्री’ लाई ‘टी प्लस टु’ मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेस गरेको थियो ।

प्रकाशित : पुस २५, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?