कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा फुडमान्डू

पोखरा — ई–कमर्स कम्पनी फुडमान्डूले काठमाडौंबाहिर पहिलोपल्ट पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीले बिहीबारबाट औपचारिक रूपमा सेवा सुरु गरेको घोषणा गरेको हो ।

पोखरामा फुडमान्डू

पोखरामा हाल १० जनाबाट सेवा सुरु गरिएको कम्पनीकी रिजनल इन्चार्ज नेहा श्रेष्ठले बताइन् । तीमध्ये सात जना राइडर छन् । कम्पनीले जनवरी ३१ सम्म पोखरामा ३० प्रतिशत छुट दिएको छ ।

पोखरामा हाल लेकसाइड वरपरका ३० भन्दा बढी स्थानीय रेस्टुरेन्ट तथा होटलसँग कम्पनीले सहकार्य गरेको छ । यो संख्या बढाउँदै लैजाने कम्पनीका सेल्स एन्ड मार्केटिङ चिफ श्यामरत्न मालीले जानकारी दिए । काठमाडौं बाहिर सन् २०२० भित्रै सेवा विस्तार गर्ने लक्ष्य लिए पनि कोरोनाकै कारण पछि धकेलिएको कम्पनीका संस्थापक मनोहर अधिकारीले बताए ।

प्रकाशित : पुस २३, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?