१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जुस र स्पोर्ट्स जुत्ता निर्यात घट्यो

शंकर आचार्य

पर्सा — यस वर्ष छिमेकी मुलुक भारतलाई कोभिड महामारीले नराम्रोसँग प्रभावित गरेपछि त्यसको असर नेपालबाट भारततर्फ हुने निर्यात व्यापारमा समेत परेको छ । वीरगन्ज नाका हुँदै भारत निकासी हुँदै आएका मुख्य वस्तु जुस, जाम तथा स्पार्ट्स जुत्ताको निकासी चालु आर्थिक वर्षमा घटेको छ । भटमासको तेलको भारततर्फको निकासी भने बढेको छ ।

जुस र स्पोर्ट्स जुत्ता निर्यात घट्यो

चालु आर्थिक वर्षको मंसिर मसान्तमा वीरगन्ज नाका हुँदै भारततर्फ १७ करोड १५ लाख ७७ हजार रुपैयाँ बराबरको २२ लाख ९० हजार ८ सय ९३ लिटर जुस निर्यात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड ३० लाख ५७ हजार रुपैयाँ बराबरको ३४ लाख ९२ हजार २ सय २२ लिटर जुस भारत गएको थियो । यस वर्ष करिब १२ लाख लिटर जुस कम निर्यात भएको छ । नेपालबाट भारततर्फ विशेषगरी बहुराष्ट्रिय कम्पनी डाबर नेपालको जुस निर्यात हुन्छ ।

चालु आर्थिक वर्षको मंसिरसम्म यो नाका भएर ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरका ३ लाख १६ हजार ४ सय ७२ जोडी स्पोर्ट्स जुत्ता निर्यात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७५ लाख १७ हजार रुपैयाँ बराबरको ४ लाख ७६ हजार ५ सय ३६ जोडी स्पोटर््स जुत्ता भारत पठाइएका थिए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा परिमाणात्मक रूपमा १ लाख ६० हजार जोडी जुत्ताको निर्यात घटेको छ । सामान्य अवस्थामा यसको निर्यात बर्सेनि बढिरहेको थियो ।

भटमासको प्रशोधित तेलको निर्यात भने झन्डै साढे तीन गुणा बढेको छ । चालु आर्थिक वर्षको मंसिरसम्म यो नाका भएर २ अर्ब २७ करोड ४४ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख १९ हजार ८ सय ३२ किलो भटमासको तेल भारत पठाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ५६ करोड ९५ लाख ५४ हजार रुपैयाँ बराबरको ४४ लाख ५ हजार २ सय ४८ किलो भटमासको तेल निर्यात भएको भन्सारको तथ्यांक छ ।

प्रकाशित : पुस २०, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?