कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सञ्चालक समातिएपछि उखुको भुक्तानी सुरु

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी सुगर मिलले उद्योग सञ्चालक पक्राउ परेको केही घण्टाभित्रै उखु किसानको बक्यौता रकम दिन थालेको छ । बिहीबार दिउँसो पर्साको वीरगन्जबाट मिल सञ्चालक मनोज अग्रवाल पक्राउ परेका थिए ।

सञ्चालक समातिएपछि उखुको भुक्तानी सुरु

उद्योगको बैंक खातामा दुई करोड रुपैयाँ जम्मा गरेको भए पनि किसानलाई भने भुक्तानी दिइएको थिएन । बिहीबार दिउँसोबाट किसानको खातामा रकम जम्मा गर्न लागिएको उद्योगले जनाएको छ ।

सञ्चालक पक्राउ गरेपछि मिलका प्रबन्धक विजयकुमार गुप्ता र प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बैंकमा जम्मा भएको रकम र किसानको पुर्जीअनुसारको भुक्तानी प्रक्रिया सुरु गरेको जानकारी गराएका थिए । बिहीबारसम्म मिलले किसानको खातामा १ करोड ९ लाख रुपैयाँ जम्मा गरिसकेको पाठकले बताए ।

‘मिल सञ्चालकलाई सोधपुछका लागि पर्सामा नियन्त्रणमा लिएलगत्तै केही रकम किसानको खातामा दाखिला गर्न सुरु भएको छ,’ उनले भने, ‘पटकपटक सहमति कार्यान्वयन नगरेकाले सञ्चालकलाई सोधपुछ गरेर भुक्तानीको सुनिश्चितताका लागि यो काम गरिएको हो ।’

तीन वर्षसम्म पनि उखु किसानको भुक्तानी नगरेका मिलका सञ्चालक अग्रवाललाई बिहीबार नै नवलपरासी ल्याइएको छ । अग्रवालले आफैं शुक्रबार पश्चिम नवलपरासी जिल्ला प्रशासनमा उपस्थित हुने भने पनि वीरगन्ज प्रहरीले नै यहाँ ल्याएको हो । लुम्बिनी सुगर मिलले तीन वर्षअघिको १० करोड रकम भुक्तानी गर्न बाँकी छ । अग्रवाललाई जिल्लामै बक्यौता रकम तिर्ने प्रतिबद्धता गराइने बताइन्छ ।

प्रकाशित : पुस १८, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?