२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ब्याज तिर्न थप समय नपाउँदा हवाइ इन्धन बोक्ने ट्याङ्करहरु लिलामीमा

काठमाडौँ — कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान (चार्टरबाहेक) ठप्प रह्यो । झण्डै ७ महिनाको अन्तरालपछि लकडाउन र निषेधज्ञा खुले पनि हवाई इन्धन बोक्ने ट्याङ्कर प्रभावित भएका छन् । 

ब्याज तिर्न थप समय नपाउँदा हवाइ इन्धन बोक्ने ट्याङ्करहरु लिलामीमा

ब्याज तिर्नका लागि मोराटोरियम (थप समय नपाउँदा) बैंकहरुले धमाधम ३५ दिने उर्दी पठाउन थालेको व्यवसायीहरु गुनासो गर्छन् । ‘सात महिनापछि उड्ययन क्षेत्र खुल्यो, यसबीचमा ऋण लिएर ३ सय ७० चालक/सहचालकको चुल्हो निभ्न दिएनौं । हाल ट्याङ्करले महिनामा एक ट्रिप पाउन मुस्किल छ । उक्त ट्रिपले मजदुर र गाडी मर्मत गर्न पुग्दैन,’ नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी संघले आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगन्जका अध्यक्ष मनोजकुमार दासले भने, ‘व्यवसाय बन्द हुँदा ब्याजको मिटर घुमेको घुम्यै भयो । अहिले बैंक ऋणको ठूलो भारीबाट बच्न सकेका छैनौं । ब्याज तिर्न नसकेपछि बैंकले भुक्तानी गर्न ३५ दिने उर्दी पठाएको छ ।’

संघका अनुसार हवाई इन्धन बोक्ने ट्याङ्कर अति प्रभावित भएकाले ब्याज तिर्नका लागि थप समय (मोराटोरियम)का लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पत्र पठाएको थियो । गर्भनरबाहेक राष्ट्र बैंकका कार्यकारी निर्देशकसँगको मौखिक रुपमा मौद्रिक नीतिमा एजेन्डा समेट्न आग्रह गरेको संघले जनाएको छ । ‘त्यसक्रममा ऋणको वर्गीकरण गर्नसक्ने प्रावधानले ढुक्क भयौं । तर, असोज र कात्तिकपश्चात् धमाधम ऋण असुलीको ताकेता आयो’, अध्यक्ष दासले भने, ‘त्यतिमात्रै होइन पुनर्कर्जाको नियमावलीमा सामान ढुवानी व्यवसायीलाई राष्ट्र बैंकले अत्यन्त न्यून प्रभावित समूहमा राखेपछि बैंकहरुले ट्यांकर लिलामीको सूचना निकाल्न थाले । बैंकको ज्यादतीमा राष्ट्र बैंक गम्भीर हुन आवश्यक छ ।’

संघका अनुसार मुलुकभर हवाई इन्धन बोक्ने करिब १ सय ८५ ट्याङ्कर छन् ।

प्रकाशित : पुस ९, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?