नेप्सेमा २३ अंकको गिरावट

काठमाडौँ — बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २३ अंकले घटेको छ । यो गिरावटसँगै समग्र नेप्से परिसूचक २ हजार ३२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा बिहीबारको परिसूचक १.१० प्रतिशत कम हो । कारोबारमा आएकामध्ये लघुवित्तबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से २२.७० अंक घटेको हो ।

नेप्सेमा २३ अंकको गिरावट

राष्ट्र बैंकले बुधबार सेयर धितो कर्जामा कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने कर्जामा केही कडाइ गरिएको छ, जसमा सिधै कर्जा प्रवाहको सीमा घटाइएको छैन । तर धितोमा रहने सूचीकृत कम्पनीको अवस्था हरेर मात्र कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले निम्न अवस्थामा सेयर धितोमा कर्जा प्रवाह गर्न अब बैंक तथा वित्तीय संस्थाले तीन वर्ष लगातार नोक्सानीमा रहेका, व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका, विगत तीन वर्षदेखि साधारणसभा नगरेका र कम्तीमा २ सय ५० दिनको कारोबार मूल्य नभएका संस्था धितोमा कर्जा दिन पाउने छैनन् । यसअघि समस्याग्रस्त घोषणा भएका वा निर्देशनबमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्था, नेटवर्थ ऋणात्मक भएका संस्था, नेप्सेको सूचीकरणबाट हटाइएका, आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पूरा हुँदासमेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाको सेयर धितोमा मात्र कर्जा प्रवाह गर्न नपाउने व्यवस्था थियो । हाल सेयर धितो कर्जामा बैंकले सेयरको मूल्यको ७० प्रतिशतसम्म कर्जा दिन पाउँछन् । उल्लिखित व्यवस्थाको सामान्य असर सेयर बजारमा पनि परेको रूपमा विश्लेषण गरिएको छ ।

बिहीबार करिब साढे ६१ हजार कारोबारबाट १ सय ९५ कम्पनीका १ करोड ४१ लाख १४ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । योसँगै कुल बजार पुँजीकरण पनि घटेर २७ खर्ब ३२ अर्ब रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित : पुस ३, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?