कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘आर्थिक पुनरुत्थानमा सहयोग चाहन्छौं’

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरुत्थानका लागि सहयोगको अपेक्षा गरेको बताएका छन् ।

‘आर्थिक पुनरुत्थानमा सहयोग चाहन्छौं’

पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा सोमबार नयाँ नेतृत्वले कोरोना संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयार गरिरहेको अध्यक्ष गोल्छाले जानकारी गराए । आर्थिकदेखि सम्पूर्ण क्षेत्रका लागि कोरोना चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सबैको कर्तव्य भएको उनको भनाइ छ ।

दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा दाहालले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न आग्रह गरे । महासंघलाई आफूले सधैं उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै दाहालले मुलुकको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको बताए ।

प्रकाशित : मंसिर ३०, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?