२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘भिजन डकुमेन्ट’ तयार गर्दै महासंघ

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा मुलुकको ‘भिजन डकुमेन्ट’ तयार गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहीबार आयोजित महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन डकुमेन्ट तयार गर्ने काम अगाडि बढिसकेको जनाए ।

‘भिजन डकुमेन्ट’ तयार गर्दै महासंघ

‘उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि सुझाव तयार गर्ने कामको सुरुवात गरिएको छ । अन्तर्राष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको भिजन डकुमेन्ट तयार गर्ने काम अघि बढाएका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘डकुमेन्ट तयार भएपछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लग्नेछौं ।’ निर्यातमूलक उद्योग गार्मेन्ट, पस्मिना, गलैंचालगायतका उद्योगको पुनरुत्थान गरी युवालाई रोजगारी दिन सके भारततर्फ जाने विप्रेषणसमेत रोक्न सकिने उनले बताए । अहिलेको संकटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज अनि सरल तरिकाले लगानी भित्र्याउने वातावरण बनाउनुपर्ने, निर्यात प्रवर्द्धनका लागि विशेष प्याकेज आउनुपर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रियामा निकै धेरै समस्या रहेकाले कुनै एक निकायमा दर्ता भइसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्न नपर्ने व्यवस्था हुनुपर्ने गोल्छाले बताए ।

उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महासंघका पदाधिकारीहरूबाट आएका सुझाव महत्त्वपूर्ण रहेको, उद्योग व्यवसायको विकासका लागि ती सुझाव उपयोगी रहेको जनाए ।

प्रकाशित : मंसिर १९, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?