कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढ्यो

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । बुधबा्को तुलनामा बिहीबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले  बढेको छ ।

सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढ्यो

बुधबार प्रतितोला ९१ हजार रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बिहीबार भने ९२ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहीबार तेजाबी सुन प्रतितोला ९२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबारको तुलनामा बिहीबार चाँदीको भाउमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार १ सय ८५ रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार १ हजार २ सय ५ रुपैयाँ पुगेको छ ।

यसअघि लगातार ओरालो लागेको सुनको भाउ मंसिर १५ गते ९० हजारसम्म पुगेको थियो । त्यसपछि भने १६ गते ५ सय रुपैयाँ र १७ गते पनि ५ सय रुपैयाँ नै बढेको थियो ।

यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित : मंसिर १८, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?