१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘गहुँ र मकैका लागि मल अभाव हुँदैन’

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र मकैका लागि मल अभाव नहुने दाबी गरेको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौज्दात रहेको र थप आउने क्रममा पनि रहेकाले गहुँ र मकैबालीलाई अभाव नहुने मन्त्रालयको दाबी छ ।

‘गहुँ र मकैका लागि मल अभाव हुँदैन’

‘करिब डीएपी र युरिया गरेर करिब ५० हजार टन मौज्दात छ । दुवै कम्पनीले थप ६० हजार टन मल ल्याउँदै छन्,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सचिव योगेन्द्रकुमार कार्कीले भने, ‘मलमा सुरक्षित छौं । गहुँ र मकैका लागि पर्याप्त छ, अभाव हुँदैन ।’ मन्त्रालयका अनुसार हाल साल्टसँग १८ हजार टन युरिया र १३ हजार टन डीएपी मौज्दात छ । थप ३० हजार टन युरिया आयात गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कृषि कम्पनीसँग १३ हजार ८ सय टन डीएपी, १२ सय टन युरिया र ३ सय टन पोटास मौज्दात छ । कृषि सामग्री कम्पनी थप ३० हजार टन युरिया, १० हजार टन डीएपी र ९ हजार ७ सय टन पोटास भित्र्याउने तयारीमा रहेको बताइएको छ ।

मन्त्रालयले मल अभाव नहुने बताइरहँदा यता किसानले भने सहजै पाउन सकेका छैनन् । तराईमा युरियाको हाहाकार रहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतको भनाइ छ । अहिले थोरै मात्रामा वितरण भइरहेको डीएपी पनि गत वर्षकै रहेको उनको दाबी छ ।

‘बजारमा मल अभाव नै छ । सरकारले थप आयात गरिरहेको मल १०/१२ दिनमा भित्रिए केही सहज हुन सक्छ,’ उनले भने, ‘नभए तत्काल सहज हुने अवस्था देखिँदैन ।’

प्रकाशित : मंसिर १७, २०७७ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?