सुनको भाउ घट्यो, तोलाको ९० हजार रुपैयाँ

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले  घटेको छ ।

सुनको भाउ घट्यो, तोलाको ९० हजार रुपैयाँ

आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ सोमबार भने ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय २० रुपैयाँमा झरेको छ ।

यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित : मंसिर १५, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?