कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

उद्योग वाणिज्य महासंघको निर्वाचन जारी

काठमाडौँ — उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज भइरहेको छ । महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि उपत्यकाका तीन ठाउँमा मतदान भइराखेको छ ।

उद्योग वाणिज्य महासंघको निर्वाचन जारी

जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले बताए ।


वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पद सहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कुल मतदाता एसोसिएट तर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको प्रवक्ता पौडेलले बताए ।


वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् । गोल्छापछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

आज तीनवटै निर्वाचन केन्द्रहरुमा पुग्दा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानसमूहका उम्मेदवारहरुले आफूतिर बढीभन्दा बढी मत तान्ने प्रयास गरिराखेको देखिएको छ । निर्वाचन केन्द्रमा भेटिनु भएका वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरुले आफ्नो जित सुनिस्चित भएको बताए ।यस्तै निर्वाचन सम्पन्न भएपछि कुनैपनि पक्ष विपक्ष नभई महासंघ एउटै हुने पनि उनीहरुको भनाइ छ ।


महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

बाँकी पदमा चुनाव भइरहेको छ । महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गते देखि शुरु भएको थियो । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो ।

प्रकाशित : मंसिर १३, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?