कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुई दर्जनभन्दा बढी आयोजना अधुरै

ओखलढुंगा — जिल्लाको रुम्जाटार–माम्खा जोड्ने पुल ठेक्का लागेको दुई वर्ष बित्यो । सम्पन्न गर्ने म्याद पनि सकियो । काम भने २० प्रतिशत मात्रै सकिएको छ । साँघुटार–ओखलढुंगा सडक कालोपत्रको काम तीन वर्ष बितिसक्दा पनि ३० प्रतिशत सकिएको छैन । यो आयोजनाको पनि सम्पन्न गर्ने म्याद गुज्रिइसकेको छ ।

यी दुई आयोजना उदाहरण मात्र हुन् । यस्ता अधुरा आयोजना जिल्लामा दुई दर्जनभन्दा बढी छन् । त्यसमध्ये अधिकांश सडक, पुल र भवन छन् ।

अधिकांश आयोजना निर्माण सम्पन्न नहुनुमा अनेक कारणहरू ठेकेदारले देखाउने गरेका छन् । यस्ता आयोजनालाई कसरी गति दिने भन्ने विषयमा केही दिनअघि सदरमुकाममा छलफल भएको छ । छलफलमा ठेकेदार, आयोजना प्रमुख र जनप्रतिनिधि सहभागी थिए । ठेकेदार कम्पनीका धेरैजसो प्रतिनिधि मात्र थिए । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलबाट रुग्ण आयोजनालाई गति दिई सम्पन्न गर्ने निर्णय गरिएको छ ।

तर यी निर्णय छलफलमै सीमित हुने शंका सरोकारवालाको छ । ‘छलफलका लागि मात्र छलफल गरेर काम छैन,’ चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले भने, ‘काम नगर्नेलाई कारबाही जहिलेसम्म हुँदैन, त्यति बेलासम्म यस्ता छलफलको औचित्य छैन ।’ छलफलमा ठेकेदारहरूले काम सम्पन्न नहुनुमा इस्टिमेटमा समस्या, जनप्रतिनिधिको अनुरोध, सर्वसाधारणको अवरोध र समयमा भुक्तानी नदिनु जस्ता कारणहरू रहेको बताए ।

प्रकाशित : मंसिर १३, २०७७ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?