सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो
काठमाडौँ — शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ शुक्रबार भने ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबारको तुलनामा मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार २ सय १५ रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।
यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।
नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।
प्रकाशित : मंसिर ५, २०७७ १३:०८