२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

इकान्तिपुर डेस्क

काठमाडौँ — शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ  घटेको छ ।  बिहीबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ शुक्रबार भने ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबारको तुलनामा मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार २ सय १५ रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।

यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित : मंसिर ५, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?