कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तमोर र मेवाबाट १२८ मेगावाट बिजुली उत्पादन अनुमति

ताप्लेजुङ — तमोर र मेवा नदीबाट विद्युत् उत्पादनका लागि सरकारले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले १ सय २८ मेगावाट बिजुली उत्पादनका लागि अनुमति दिएको हो ।

तमोर र मेवाबाट १२८ मेगावाट बिजुली उत्पादन अनुमति

आफूहरूले मंसिर २ मा अनुमतिपत्र प्राप्त गरेको कम्पनीका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । आगामी असोजदेखि आयोजना निर्माणको काम सुरु हुने उनले बताए । पाँच वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाको २६ अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको उनको भनाइ छ । यसमा कुमारी बैंकको अगुवाइमा बैंकहरूको ७५ र बाँकी २५ प्रतिशत कम्पनी अनि सेयर सदस्यबाट जम्मा गरिने कम्पनीले जनाएको छ ।

फुङलिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिका प्रभावित क्षेत्र हुने आयोजनाबाट वार्षिक ७१९.११ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । मुख्य संरचना भने मिक्वाखोला, मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिकामा बन्नेछन् । मिक्वाखोलाको भन्ज्याङ पुछार, फुङलिङको नाङगे र गुहेलीमा गरी तीन ठाउँमा मुख्य संरचना बनाउने तयारी रहेको लिम्बूले जानकारी दिए । आयोजना निर्माणमा नेपाल सरकारको स्वामित्वमा रहेको २१ र व्यक्तिको १५ हेक्टर जमिन प्रयोग हुनेछ ।

प्रकाशित : मंसिर ३, २०७७ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?